बैतडी –लोक तथा दोहरी गीत प्रतिष्ठान नेपाल बैतडीको अध्यक्षमा ज्ञानेन्द्र सुनार चयन भएका छन् । बुधबार पाटनमा सम्पन्न तेश्रो जिल्ला अधिवेशनले सुनारको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो ।
समितिको प्रथम उपाध्यक्षमा हिरा चन्द, द्वितीय उपाध्यक्षमा पशुपति पाण्डेय र महिला उपाध्यक्षमा झापु महता चयन भएका छन् । यस्तै समितिको सचिवमा गणेश कोली, कोषाध्यक्षमा जनकबहादुर धानुक, सहसचिवमा रमेश पार्की र सहकोषाध्यक्षमा दीपा ऐर चयन भएका छन् ।
यस्तै समितिको सदस्यमा पार्वती ओड, हरिदत्त भट्ट, ज्ञानेन्द्रप्रसाद भट्ट, भरतबहादुर बोहरा, लक्ष्मण बोहरा, मोहन औजी र शेरी औजी रहेका छन् ।
लोक तथा दोहरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय सदस्य एवं अधिवेशन संयोजक नवीनसिंह धामीको उपस्थितीमा नयाँ समिति चयन गरिएको हो । अधिवेशनमा प्रतिष्ठानका प्रदेश अध्यक्ष पदमबहादुर धामीको समेत सहभागिता रहेको थियो ।
अधिवेशन उद्दघाटन सत्रमा पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावल, उपप्रमुख कमलसिंह बोहरा, वडा नंं.६ का वडा अध्यक्ष राजेन्द्रसिंह बिष्ट लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।




