Sagun Khabar
बैतडीको सुर्नयामा आज शोक बिदा 

बैतडी –बैतडीको सुर्नया गाउँपालिकामा आज शोक बिदा दिइएको छ । गाउँकार्यपालिका सदस्य प्रेमे लुहारको निधन भएकाले आज शोक बिदा दिइएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिका भित्रका सबै सरकारी कार्यालय, वडा कार्यालय, विद्यालय लगायत सरकारी तथा गैरसरकारी निकायमा आज शोक बिदा दिइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा शोक बिदा भएकाले सबै कार्यालय बन्द रहने बताइएको छ । 

यही असोज १ गते सुर्नया गाउँपालिका ५ घर भएका गाउँकार्यपालिका सदस्य प्रेमे लुहारको निधन भएको थियो । 
 

प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update