Sagun Khabar
सुदूरपश्चिमका केही स्थानमा भारी बर्षाको सम्भावना 

बैतडी –आज पनि मौसममा बदली आएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज मौसममा सामान्यदेखि पूर्णरुपमा बदली हुने सम्भावना रहेको छ । यसको प्रभाव देशैभर पर्ने विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले सुदूरपश्चिमका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । दिउँसो प्रदेशका केही ठाउँमा भारी बर्षाको अनुमान गरिएको छ । 

महाशाखाका अनुसार लम्बिनी प्रदेश र  गण्डकी प्रदेशका पनि केही स्थानहरुमा  मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
 

प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  ०७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update