बैतडी- जीवन ज्योति बचत तथा ऋण सहकारी संस्थाको १४ ओैं साधारण सभा तथा छैटौं महाधिवेशन सम्पन्न भएको छ । जगन्नाथ बहुमुखी क्याम्पसमा भएको कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदश्य माननीय लिलाधर भट्ट रहनुभएको थियो । यस्तै विशिष्ट अतिथिमा दशरथचन्द नगरपालिकाका पमुख पुष्कर राज जोशी रहेका थिए भने कार्यक्रममा अन्य सहकारी सदश्य लगायत थुप्रैको उपस्थिति रहेको सहकारीका अध्यक्ष एबम आजको कार्यक्रमका अध्यक्ष कैलाश कुमार कनौजियाले बताए ।
कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख टेक राज लेखकले प्रतिवेदन प्रस्तुत गरेका थिए । १३३९ शेयर सदश्य रहेका यस सहकारीको शेयर पुजी १ करोड ८ लाख ९६ हजार २ सय रहेको छ भने बचत- १२ करोड १९ लाख ७४ हजार ९ सय २७ र ऋण लगानी १३ करोड ७ लाख ४४ हजार ८२० रहेको छ ।
चौधौं साधारण सभाबाट लोकेश लाल शाहको अध्यक्षतामा ९ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको छ । समितिको उपाध्यक्षमा सरस्वती लेखक , कोषाध्यक्ष गणेश सिंह कार्की , सचिवमा दौलत सिंह खत्री लगायत सदश्य चयन भएका छन ।
कार्यक्रममा सहकारीको लागि योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरूलाइ सम्मान गरिएको छ । सहकारीका सदश्य समेत रहेका र विशिष्ट पदमा पुगेका दुई जना सम्मानित भएका छन । सम्मानित हुनेमा प्रदेश सभा सदश्य लिलाधर भट्ट र दशरथचन्द नगरपालिकाका प्रमुख पुष्कर राज जोशी रहेका छन । यस्तै सहकारीमा आबद्ध जेष्ठ सदश्य ,सर्वाधिक बचतकर्ता र उत्कृष्ट कारोबार गर्ने सदश्यहरू समेत सम्मानित भएका छन ।




