नव गायिका गुराँस ठकुरी र गायक तोयनाथ भट्टको देउडा गीत “लाई पिर्ता अधुरी रैगै” सार्वजनिक भएको छ । निरन्तर मिडिया प्रा.लि.को प्रस्तुतीमा उक्त गीत सार्वजनिक गरिएको हो । उक्त गीतमा तोयानाथ भट्ट र गुराँस ठकुरीले स्वर दिएका छन् भने लय गायक तोयनाथ कै रहेको छ ।
निर्मल भण्डारी र कान्ति अवस्थीको शब्द रहेको `लाई पिर्ता अधुरी रैगै´ गीतमा निक्कै मार्मिक शब्द समेटिएका छन् । गीत दर्शकले मनपराउने गायक गायिकाले विश्वास लिएका छन् ।
गुराँस ठकुरी कञ्चनपुर जिल्ला शुक्लाफाँटा नगरपालिकाकी स्थानीय हुन् । उनी टिकटकमा देउडा गीत, गाउँबेसीमा गाइने गीत, सगुन,फाग लगायत गाउँघरमा मेलापातमा गाईने स्थानीय शब्दहरु समेटिएका गीतहरु गाएर उनलाई दर्शकहरुले निक्कै मन पराएका थिए ।
उनको प्रतिभा देखेर देउडा गायक तथा हाँस्यकलाकार भानुभक्त जोशीले पनि सांगितिक क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।




