Sagun Khabar
नेकपा एमाले बैतडीको पाँचौ जिल्ला कमिटी बैठक सम्पन्न

बैतडी - नेकपा एमालेको पाँचौ जिल्ला कमिटी बैठक शनिबार सम्पन्न भएको छ । जिल्ला कमिटी अध्यक्ष सुरेन्द्र पालको अध्यक्षतामा भएको बैठकमा केन्द्रीय कमिटी सदश्य लिलाधर भट्ट प्रमुख अतिथि रहेका थिए भने प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारी विशिष्ट अतिथि रहेका थिए । यस्तै कार्यक्रममा प्रदेश सचिवालय सदश्य पुष्कर राज जोशी , केन्द्रीय सल्लाहकार मोहन थापा , प्रदेश सचिवालय सदश्य जानकी ऐेर बम लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

आगामी निर्वाचनमा बैतडीका तीन ओटै निर्वाचन क्षेत्रमा विजय हासिल गर्ने उद्धेश्यका साथ एउटा पार्टी सदश्य बराबर ७ जना मतदाता थप्ने अभियान सञ्चालन गर्ने सहित विभिन्न निर्णय गर्दै बैठक सम्पन्न भएको जिल्ला सचिवालय सदश्य दिनेश भट्टले जानकारी दिए ।

बैठकबाट जिल्ला निर्वाचन परिचालन कमिटी र प्रदेश निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । सुरेन्द्र पाल अध्यक्ष रहने गरि गठन गरिएको जिल्ला निर्वाचन परिचालन कमिटीमा जिल्ला कमिटीका पदाधिकारी तथा सदश्यहरू,पालिका कमिटी पदाधिकारीहरू,वडा कमिटी अध्यक्षहरू सदश्य रहनेछन् ।

यस्तै प्रदेश निर्वाचन परिचालन कमिटी क्षेत्र नं `क´ को संयोजकमा रमिल बम र उप संयोजकमा लोकेन्द्र भण्डारीलाई जिम्मेवारी दिइएको छ । क्षेत्र नं `ख´ मा संयोजक चक्र बहादुर कार्की र उप संयोजकमा सरस्वती नेपालीलाई जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update