बैतडीको सिगास गाउँपालिकाको प्रवक्तामा धामी
बैतडी –बैतडीको सिगास गाउँपालिकामा प्रवक्ता तोकिएको छ । पालिकामा नयाँ जनप्रतिनिधि आएको चार महिनापछि गाउँपालिकाको प्रवक्ता तोकिएको हो । सिगास गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष अम्मरसिंह धामीलाई गाउँपालिकाको प्रवक्ता तोकिएको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए ।
गाउँकार्यपालिकाको बैठकले धामीलाई प्रवक्ता तोक्ने निर्णय गरेको उनले बताए । गाउँपालिका सरकारका सूचना आदानप्रदान गर्न र गाउँपालिका सरकारले गरेका काम कारवाहीको बारेमा जानकारी दिने जिम्मेवारी प्रवक्ताको रहने बताइएको छ ।
गाउँपालिका प्रवक्तामा नियुक्त धामी नेपाली कांग्रेसबाट वडा नं. ३ को वडा अध्यक्षमा विजयी भएका थिए ।
प्रकाशित मिति: शनिबार, असोज ८, २०७९ १८:४३
प्रतिक्रिया दिनुहोस्




