बैतडी –सुदूरपश्चिममा गएरातिदेखि भारी बर्षा भइरहेको छ । प्रदेशका विभिन्न जिल्लामा भारी बर्षा भइरहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । बैतडी सहित प्रदेशका जिल्लाहरुमा भारी बर्षा भइरहेकाले बाढी पहिरोको जोखिम बढेको भन्दै सतर्क रहन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ ।
यसैबीच आज सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा अति भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् हिरा भट्टराईका अनुसार सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा अति भारी र धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । भारतको उत्तर पूर्वी राजस्थानमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा अति ठूलो भारी वर्षाको सम्भावना छ ।
भारी वर्षाको सम्भावना रहेकाले सुदूरपश्चिममा बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
आज राति पनि सुदूरपश्चिम प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । यस्तै, सुदूरपश्चिम प्रदेशसँग जोडिएका कर्णाली प्रदेशका केही जिल्लामा पनि ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् हिरा भट्टराईले बताए ।




