बैतडीमा जिप चालकमाथि कुटपीट, चालकले दिए प्रहरीमा निवेदन
बैतडी –बैतडीमा एकजना जिप चालकमाथि कुटपीट भएको छ । बिहीबार पाटन नगरपालिका ५ घर भएका चालक खेमराज पाण्डेयलाई पाटन– ६ का लक्ष्मण भण्डारीले कुटपीट गरेको आरोप लागेको छ ।
भण्डारीले बोलाएर आफूमाथि कुटपीट गरेको पीडित पाण्डेयले बताए । कुटपीटबाट घाइते भएका पाण्डेय धनगढीको मायामेट्रो अस्पातालमा उपचार गरी फर्किएका छन् । उनको टाउको चोट रहेको बताइएको छ ।
चालकमाथि कुटपीट भएको भन्दै इलाका प्रहरी कार्यालय पाटनमा ठाडो निवेदन आएको र आज दुवै पक्षलाई छलफलका लागि बोलाएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले बताए ।
दुवै पक्षसंगको छलफलपछि कुटपीटको कारणका बिषयमा जानकारी हुने उनले बताए । घटनाका बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक चौधरीले बताए ।
प्रकाशित मिति: आइतबार, असोज ९, २०७९ ११:१०
प्रतिक्रिया दिनुहोस्




