बैतडी –नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका उपसभापति एवं नेपाली कांग्रेसका पुराना नेता लोकराज अवस्थीको नाम प्रतिनिधि सभा तर्फको बन्दसूचीमा अटाएको छ । बैतडीको सिगास गाउँपालिका घर भएका अवस्थी लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा रहेका छन् ।
नेपाली कांग्रेसका पुराना एवं त्यागी नेताको रुपमा अवस्थीलाई लिइन्छ । उनी २०७० सालको संविधानसभाको निर्वाचनमा कांग्रेसको तर्फबाट बैतडी क्षेत्र नम्बर १ बाट उम्मेदवार समेत बनेका थिए । त्यो बेला कांग्रेसभित्रकै अन्तरघातले अवस्थीलाई पराजित गरिएको कुरा खुब चर्चा आउने गरेको छ ।
नेपाली कांग्रेसका केन्द्रिय सभापति शेरबहादुर देउवा नेपाल विद्यार्थी संघको केन्द्रिय अध्यक्ष भएको बेला अवस्थी नेपाल विद्यार्थी संघ कञ्चनपुरको अध्यक्ष समेत बनेका थिए ।
लामो समयदेखि कांग्रेसको राजनीतिमा रहेका अवस्थीलाई सादगी नेताको रुपमा लिने गरिएको नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि दिनेश भट्टले बताए ।




