Sagun Khabar
बैतडीमा अवरुद्ध भएको विद्युतीय राहदानी सेवा सुचारु

बैतडी –बैतडीमा अवरुद्ध भएको विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा सुचारु भएको छ ।विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएका कारण गत मंगलबारदेखि विद्युतीय राहदानी सेवा बन्द भएको थियो ।

विद्युतीय राहदानी इनरोलमेन्ट तथा जारी गर्न विद्युतीय राहदानी सर्भर कनेक्शनमा समस्या आएको भनेर राहदानी विभागबाट सूचना आपछि बन्द भएको हो ।

केन्द्रबाटै उक्त समस्या समाधान गरेपछि विद्युतीय राहदानी सेवा सुचारु भएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए  । यसअघि गत असारमा पनि सोही समस्याले केही दिन विद्युतीय राहदानी सेवा बन्द भएको थियो । बैतडीमा गत जेठ १२ गतेदेखि विद्युतीय राहदानी सेवा दिन सुरु गरिएको हो ।
 

प्रकाशित मिति: सोमबार, असोज १०, २०७९  १०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update