Sagun Khabar
बैतडीको गढीमा पहिरोले निर्माणाधिन एक घर क्षतिग्रस्त

बैतडी –शनिबार र आइतबार परेको अविरल बर्षाका कारण खसेको पहिरोले बैतडीको गढीमा एक निर्माणाधिन घर क्षतिग्रस्त भएको छ । स्थानीय दीप पौडेलको निर्माणाधिन घरमा पहिरोले क्षति पुर्याएको हो ।

आइतबार खसेको पहिरोले निर्माणाधिन घर पूर्ण रुपमा क्षतिग्रस्त भएको पौडेलले बताए । धेरै लगानि गरेर घर निर्माण गरिरहेको र पहिरोले घर नै लगेको उनले बताए । पहिरोका कारण लाखौंको क्षति भएको पौडेलले बताए । 

यस्तै पहिरोका कारण खानेपानी लाइनमा क्षति पुगेपछि सदरमुकाममा खानेपानी अवरुद्ध भएको छ । पहिरोले खानेपानी लाइन बगाएपछि खानेपानी सुचारु गर्न केही दिन लाग्ने खानेपानी उपभोक्ता समितिले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, असोज १०, २०७९  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update