Sagun Khabar
बैतडी : पहिरो पीडितलाई गाउँपालिकाको राहत 

बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिका वडा न.२ बसाडका पहिरो पीडितलाई गाउँपालिकाले राहत वितरण गरेको छ । अविरल बर्षासंगै आएको पहिरोले आइतबार देवसिंह महराको घर भत्काएको उनको घरमा बस्दै आएकी महराकी दीदी झापुली नगाइरीलाई गाउँपालिकाले रु ५० हजार नगद सहित कपडा, कम्बल, भाडाकुडा र खाद्यान्न सामग्री वितरण गरेको हो । 

गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्की र प्रमुख प्रशासकीय अधिकृत रविन्द्रबहादुर धामीले बसाडमै पुगेर पीडितलाई राहत वितरण गरेका हुन् । 

पहिराका कारण घर भत्किएपछि अहिले नगाइरी आफान्तको घरमा बसीरहेकी छन् । पहिरोले च्यापिएर तीन बाख्रा मर्नुका साथै घरभित्रको अन्नपात र लत्ताकपडा समेत नष्ट भएको थियो । 

पीडित परिवारलाई तत्कालका लागि आवश्यक सामग्री र बासस्थान व्यवस्थापनका लागी रकम प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत धामीले बताए । 
 

प्रकाशित मिति: सोमबार, असोज १०, २०७९  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update