Sagun Khabar
घटस्थापनाको दिन बैतडीको गणेशधुरामा मूर्ती स्थापना, स्थानीयद्वारा सामूहिक पूजा 

बैतडी –बैतडीको पाटन नगरपालिका वडा नं १ स्थित गणेशधुरामा भगवान गणेशको मूर्ती स्थापना गरिएको छ । घटस्थापनाको अवसर पारेर सो धाममा गणेशको मूर्ती स्थापना गरेर सामूहिक पूजाआजा गरिएको छ । 

बैतडीको पाटन नगरपालिका १, डैसीली गाउँमाथी रहेको गणेशधुरा समुद्री सतहबाट २९ सय मिटर उचाइमा रहेको छ । यो धुराबाट डडेल्धुरा सदरमुकाम पनि सजिलै हेर्न सकिन्छ । दशरथचन्द राजमार्गको अनारखोलीबाट १३ किलोमिटर सडक यात्रा पार गरेर पाटन नगरपालिका १ डैसीली गाउँ पुगिन्छ । डंैसीलीबाट गणेशधुरा जान ढुङ्गाका पुराना सिँढी चढेर जानुपर्ने स्थानीय समेत रहेका पाटन गरपालिका वडा नं १ का वडा अध्यक्ष तर्कसिंह ठगुन्नाले बताए । 

बैतडीको घनघस्याको उकालो र नेपाल–भारतका हिमशृङ्खला एकैपटक हेर्न सकिने बैतडीको गणेशधुरा धाम धार्मिक हिसाबले समेत त्यतिकै महत्वपूर्ण रहेको छ । गणेश देवताको बासस्थान रहेको हुनाले सो ठाउँको नाम गणेशधुरा रहेको किम्वदन्ती रहेको छ । गणेशधुराबाट बझाङको जेठी –बहुरानी हिमाल, दार्चुलाको अपि नाम्पा र भारतको उत्तराखण्ड राज्यको पञ्चचुली हिमाल एकैपटक नियाल्न सकिन्छ ।
 

प्रकाशित मिति: सोमबार, असोज १०, २०७९  १५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update