Sagun Khabar
नेकपा माओवादीले बुझायो सुर्नया गाउँपालिकालाई ज्ञापन पत्र 

बैतडी-नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्र  सुर्नया गाउँकमिटिले सुर्नया गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको छ । माओवादी केन्द्र  सुर्नया गाउँकमिटिले पालिकालाई  विभिन्न ९ बुंदे माग राख्दै बुधबार ज्ञापन पत्र बुझाएको हो ।

गाउँपालिकाबासीहरुले  पालिका भित्र भोग्नु परेका समस्या र  देखिएका बेथितिहरु बुंदागतरुपमा टिपोट गरेर समाधानको माग गर्दै पालिकालाई ज्ञापन पत्र बुझाएको नेकपा माओवादी केन्द्र सुर्नया गाउँकमिटि अध्यक्ष रामबहादुर विष्टले जानकारी दिए । 

पालिका भित्रका सामुदायिक विद्यालयहरुमा  परीक्षा शुल्क निशुल्क गर्नु पर्ने,छुटेकाहरुको समाजिक सुरक्षा भत्ता र बाल पोषण भत्ता उपलब्ध गराउनु पर्ने ,शिक्षा नियमावली अनुसार प्रक्रिया नपुर्याएरै भर्ना गरिएका शिक्षकहरुको भर्ना प्रक्रिया पुर्याउनु पर्ने, अन्तरपालिका स्तरीय सरुवा कार्यक्रम कार्यान्वयन गर्नुपर्ने, पालिकालाई उपलब्ध भएका  एम्बुसेन्स नियमित सञ्चालन ल्याउन  माग गरिएको  छ । 

यस्तै गाउँपालिकाको गत आर्थिक वर्षको विषयगत कार्यालय सहितको खर्च विवरण पनि माग गरिएको माओवादी केन्द्रका सुर्नया प्रवक्ता दिलाराम भट्टले बताए ।यस्तै चालु आर्थिक वर्षको बजेट कार्यक्रम विषयगत रुपमा माग गरिएको उनले  बताए । सुर्नया सत्तबााँझ श्रीभावर सडक खण्ड पूर्णरुपमा विस्तारका  लागि पनि पहल गर्न माग गरिएको पार्टीका सुर्नया गाउँकमिटि अध्यक्ष  विष्टले  बताए ।

पालिका भित्र रहेका सार्बजनिक सम्पत्तीहरुको अनुसन्धान गरि  संरक्षण गर्न  र पालिका भित्र रहेका बर्थिङ सेन्टरहरुमा कर्मचारी व्यवस्थापन गरि सेवा प्रवाह गर्न पनि माग गरिएको छ । ज्ञापन पत्रमा उल्लेखीत मागहरु सम्बोधन नभए पार्टीले थप आन्दोलनका कार्यक्रम अघि सार्ने चेतावनी समेत दिइएको छ । 

प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update