Sagun Khabar
दार्चुलामा लडेर बैतडीका बोहराको मृत्यु 

बैतडी – दार्चुलाको नौगाड गाउँपालिकामा बाटोबाट लडेर बैतडीका एक जनाको मृत्यु भएको छ । बैतडीको डिलाशैनी गाउँपालिका -३ छेपट्टाका  अन्दाजी ५० वर्षीय मौरे बोहराको नौगाड गाउँपालिका–४ सिप्टीमा बाटोबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता एवं प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । 

मार्मा गाउँपालिका ६ पत्थरकाँडा आफ्नी बुहारीको माइती घर गइरहेका बेला बोहराको बुधबार सिप्टीमा लडेर मृत्यु भएको छ । उनी बाटोबाट अन्दाजी ६ मिटरमात्रै तल खसेका छन् । 

घटनास्थलमा प्रहरी टोली खटिएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  १९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update