बैतडीमा जिप दुर्घटना हुँदा चालक घाइते

बैतडी- बैतडीमा जिप दुर्घटना भएको छ । बिहीबार बिहान साढे ८ बजे दशरथचन्द नगरपालिका ११ बरतोलीबाट त्रिपुरातर्फ आउदै गरेको सु.प.प्र.०४–००१ ज ००१३ नम्बरको जिप दुर्घटनामा परेको हो ।
दुर्घटनामा परि जिप चालक सुर्नया गाउँपालिका ३ का ३४बर्षिय पृथ्वी भट्ट घाईते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता लोक राज जोशीले बताए ।
उनका अनुसार जिपमा चालक मात्र सवार थिए । उनको टाउकोमा चोट लागेको र जिल्ला अस्पतालमा उपचार पछि थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्याललय बैतडीले जनाएको छ । जिप सडकबाट करिब ३० मिटर तल खसेको छ ।
प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९ १३:१८
प्रतिक्रिया दिनुहोस्