Sagun Khabar
बैतडीमा प्रहरीको  जनचेतनामूलक कार्यक्रम जारी

बैतडी- बैतडीमा प्रहरीको जनचेतनामूलक  कार्यक्रम जारी रहेको छ । सामुदायिक प्रहरी साझेदारी  कार्यक्रम अन्तरगत जिल्लाका विभिन्न प्रहरी युनिट मार्फत जनचेतनामूलक  कार्यक्रम जारी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

बिहीबार प्रहरीले लागुऔषध नियन्त्रण, लैंगिक हिंसा, घरेलु हिंसा, बाल हिंसा, बालविबाह न्यूनिकरण र समाजिक सञ्जालको प्रयोग बारे जिल्लाको विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम  गरेको छ ।

जिल्लाको दोगडाकेदार ५ पिटकमा स्थानीय जनप्रतिनिधी,शिक्षक,युवा,महिलाहरुको उपस्थितिमा लागु औषध नियन्त्रण तथा रोकथाम सम्बन्धी , पाटन नगरपालिका वडा नं ८ स्थित वडा कार्यालयमा घरेलु हिंसा न्यूनिकरण तथा रोकथाम सम्बन्धी कार्यक्रम  गरेको छ । 

यस्तै सिगास गाउँपालिका २ स्थित अर्जुन मावि गाँजरीमा सामाजिक सञ्जालको प्रयोग सम्बन्धी प्रशिक्षण कार्यक्रम, डिलासैनी ३ सिमार बजारमा स्थानीय जनप्रतिनीधी,युवा महिला तथा विद्यार्थीहरुको उपस्थितिमा बालबालिका माथि हुने हिंसा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको  बताइएको  छ । 

यस्तै पुर्चौडी नगरपालिका वडा नं १ मा शिक्षक,विद्यार्थी तथा अभिभावकहरुको उपस्थितिमा बालाबालिका माथि हुने हिंसा सम्बन्धी, शिवनाथ गाउँपालिका ५मा लैङगिक हिंसा न्यूनिकरण तथा रोकथाम सम्बन्धी, सुर्नया ६ सिगास टोलमा स्थानीय जनप्रतिनिधी,महिला विद्यार्थीहरु समेतको उपस्थितिमा बालविवाह न्यूनिकरण तथा रोकथाम सम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको  प्रहरीले जनाइएको  छ ।  

प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update