Sagun Khabar
संघको सिटबारे  निर्णय सच्याउन माग गर्दै काँग्रेस बैतडीद्वारा बालुवाटारमा धर्ना

बैतडी- प्रतिनिधि सभासदस्यको सिट माओवादीको  भाग परेपछि असन्तुष्ट बनेका बैतडी काँग्रेसका नेता धर्नामा बसेका छन् । बैतडीका लागि भएको  सिटबारेको  निणर्य सच्याउन माग गर्दै बैतडीबाट कांग्रेसका नेताहरु बालुवाटारमा धर्नामा बसेका हुन् ।

नेपाली काँग्रेस बैतडीका सभापति चतुरबहादुर चन्द सहित  अन्य नेताहरु धर्नामा बसेका हुन् । निर्णय सच्याउन माग गर्दै बालुवाटारमा बैतडी काँगे्रस धर्नामा बसेको नेपाली  काँग्रेस बैतडीका सचिव देव राज जोशीले बताए । गठबन्धनका र्शिषनेताहरुको  सहमति अनुसार बैतडीमा संघको सिट  नेकपा माओवादी केन्द्रको भागमा परेको छ ।

बैतडीमा गठबन्धनबाट  संघको  सिट माओवादीको  भागमा परेपछि काँग्रेसका नेता तथा कार्यकर्ताहरुले असन्तुष्टी व्यक्त गरेका छन् । काँग्रेसले  संघकोे टिकट पाउनु पर्ने  माग गरिरहेका उनिहरु माथिबाट भएर आएको सहमतिले  असन्तुष्ट देखिएका हुन् ।

काँग्रेसका नेता तथा कार्यकर्ताहरुले सिटबारे निर्णय  नसच्याए माओवादीले  भोट नै नपाउने  अभिव्यक्ती दिइरहेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update