Sagun Khabar
बैतडीका कच्ची सडकमा छतमा यात्रु बोकेर हुइकिन्छन् गाडी,नयाँ भाडादर पनि छैन् कार्यान्वयनमा

बैतडी-बैतडीको ग्रामीण सडकहरुमा सञ्चालीत जिपहरुमा सिट क्षमता भन्दा बढी यात्रु बोक्ने गरेको पाइएको छ । सिट क्षमता भन्दा बढी यात्रु बोक्न नपाइने भएपनि यहाँका जिप व्यवसायीहरुले ग्रामीण कच्ची सडकहरुमा छतमा समेत यात्रु बोेकेर जिप सञ्चालन गरिरहेका पाइएको हो ।

जिल्लाको सतबाँझ -सुर्नया श्रीभावर सडकखण्डमा जिप व्यवसायीहरुले सिट क्षमता भन्दा बढी यात्रु बोक्ने गरेका पाइएको छ । ग्रामीण सडकमा हुइकिने जिपहरुमा अहिले सिट क्षमता भन्दा बढी यात्रुसँगै मालसामान बोक्ने गरेका स्थानीय केशब राज भट्टले बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

यसरि जिप व्यवसायीहरुले ग्रामीण कच्ची सडकहरुमा छतमा समेत यात्रु बोेकेर जिप सञ्चालन गरिरहेका पाइएको हो । सिट क्षमता भन्दा बढी यात्रु बोक्दा दुर्घटनाको जोखिम बढेको छ । दशैं तिहारका बेला घर देश तथा प्रदेशबाट गाउँ फर्किने बढे संगै सवारीसाधनहरुमा पनि घुइचो बढेको छ । 

यात्रुहरु पाइन थालेपछि अहिले जिप व्यवसायीहरु पैसाकै लागि छतमा समेत यात्रु हालेर जिप कुदाउने गरेका छन् । वर्षातले  बिग्रिएका ग्रामीण कच्ची सडकहरुमा बढी यात्रु बोकेर जिप कुदाउदा दुर्घटनाको जोखिम रहेको अर्का स्थानीय पदम राज भट्टले बताए ।

क्षमता भन्दा बढी यात्रु बोक्दा दशैं तिहारका बेला बढी दुर्घटना हुने गरेको भन्दै  यस तर्फ सम्बन्धीत निकायको ध्यान जानुपर्ने उनको भनाई छ । जिप व्यवसायीहरुले ट्राफिक प्रहरीलाई छलेर सत्तबाँझ सुर्नया सडक खण्डमा सिट क्षमता भन्दा बढी यात्रु बोक्ने  गरेका हुन् । 

यता जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले भने सिट क्षमता भन्दा बढी यात्रु बोके कारबाही गरिने जनाएको छ । ग्रामीण सडकमा ट्राफिक प्रहरीको उपस्थिति नभएकै  कारण जिप व्यवसायीहरुले ग्रामीण कच्ची सडकहरुमा छतमा समेत यात्रु बोेकेर जिप सञ्चालन गरिरहेका पाइएको हो । सिट क्षमता भन्दा बढी  यात्रु राख्ने  र भाढा समेत बढी असुल्ने गरेका गुनासोहरु बढेका छन् । 

प्रशासनले नयाँँ भाडादर लागु गरे पनि कच्ची सडकहरुमा त्यो कार्यान्वयन नभएको नागरिकहरुले गुनासो गर्ने गरेका छन् । प्रशासनले नयाँ भाडादार  लागु  गरेर  कच्ची सडकमा प्रतिकिलोमिटर दश रुपैँया तोकेपनि कतपिय ठाउँमा अहिले पनि नागरिकहरुको ढाड सेक्नेगरि  भाडा असुलिदै छ । 

 

प्रकाशित मिति: शनिबार, असोज १५, २०७९  ०७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update