Sagun Khabar
बैतडीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना 

बैतडी –आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बैतडीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला अदालत भित्रै आइतबार एक कार्यक्रमको आयोजना गरेर मुख्य निर्वाचन अधिकृत कार्यालय स्थापना गरिएको कार्यालयका सहायक कर्मचारी लक्ष्मीदत्त पन्तले जानकारी दिए । 

असोज २३ गते प्रत्यक्ष तर्फको मनोनयन दर्ता गर्ने मिति तय भएकाले निर्वाचन कार्यक्रम अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको पन्तले जानकारी दिए । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनाका लागि मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुका साथै जिल्लास्थित राजनैतिक दलका पदाधिकारीहरुको सहभागिता रहेको थियो । 

यस्तै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, सुरक्षा निकायका प्रमुखहरुको समेत सहभागिता रहेको थियो । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्यतालिका अनुसार निर्वाचनका सम्पूर्ण काम अघि बढाउने छ भने निर्वाचन आचारसंहिता पालना गरे÷नगरेको बिषयमा समेत अनुगमन गर्नेछ । 
 

प्रकाशित मिति: आइतबार, असोज १६, २०७९  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update