बैतडी -बैतडीका मृगौला पीडित किशन लुहारको उपचारमा समस्या भएको छ । जिल्लाको पाटन नगरपालिका वडा नम्बर ६ खिपाली बस्ने २५ वर्षीय किशनको आर्थिक अभावका कारण उपचारमा समस्या भएको हो ।
मृगौला खराब भएर करिब ८ महिना देखी (डाइलेसीस गराइरहेका किशनको अहिले मृगौला फेर्नुपर्ने डाक्टरको सुझाव आएपछि आर्थिक अभावकै कारण समस्या भएको उनका बुवा जय बहादुर लुहारले जानकारी दिए ।
३÷४ महिना भारतमा उपचार गरे पनि आर्थिक अभावले भारतमा समस्या भएपछि अहिले छोरालाई नेपाल पुर्याएको उनको भनाई छ ।छोराको उपचारमा हाल सम्म १२ लाख भन्दा बढी खर्च भइसकेको र अहिले डाक्टरले मृगौला प्रत्यारोपण गर्नेु पर्ने भनेपछि आर्थिक अभावका कारण झनै समस्या भएको उनले बताए ।
उनले छोराको उपचारमा समस्या भएको भन्दै सबैमा उपचारका लागि आर्थि सहयोग गर्न अनुरोध गरेका छन् । हाल किशनको त्रिवि शिक्षण अस्पताल काठमाण्डौँमा उपचार भइरहेको छ । कलिलै उमेरमा किशनको मृगौलामा समस्या देखिएपछि अहिले परिवारका सबै सदस्य आर्थिक सहयोगका लागि सबैमा अपिल गरिराखेका छन् ।
मुगौला पीडित किशनका घरमा एक छोरा र श्रीमती रहेका बताइएको छ । सहयोग गर्नका लागि ९८६९३३६८८४ र ९८४८८०३००० मा सम्पर्क गर्न सकिने छ ।




