Sagun Khabar
धनगढीमा झोलुंगे पुलबाट खसेर एकजनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –धनगढीमा झोलुङ्गे पुलबाट खसेर एक जनाको मृत्यु भएको छ । उपमहानगरपालिकाको वडा नम्बर–१३ लाई कञ्चनपुरको राजघाटसँग जोड्ने मोहना नदीको झोलुङ्गे पुलबाट खसेर वडा नं १३ कै ६० बर्षीय फुलराम डगौंराको मृत्यु भएको प्रहरीले जनाएको छ । 

आइतबार दिउँसो पुलबाट खसेका उनको स्थानीयले उद्दार गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, असोज १६, २०७९  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update