Sagun Khabar
बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा ३ सय राँगा र ३ सय बोकाको बलि

बैतडी- बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा पशुबलि सहित जात्रा सम्पन्न भएको  छ ।  आज पशु बलि सहित जात्रा सम्पन्न भएको  हो  ।  महासप्तमीका दिनदेखि शुरु भएको जात्रा पशुबलि पछि आज सम्पन्न भएको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले जानकारी दिए ।

निङ्गलाशैनी भगवती मन्दिरमा ३ सय भन्दा बढी  राँगा र ३ सय  बोकाको बलि दिइएको  उनले  बताए ।  निङ्गलाशैनी भगवती मन्दिरमा जिल्लाकै सबैभन्दा बढी पशुबलि दिने गरिन्छ । भाकल अनुसार राँगा तथा बोकाको बलि दिने प्रचलन रही आएको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष बोहराले बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

निङ्गलाशैनी भगवती मन्दिरमा महाष्टमी र चैत्राष्टमीमा लाग्ने जात्रा बलिसहित हुने भएपनि अनन्त चतुर्दशी र मंसिर शुक्ल पूर्णिमका दिन लाग्ने मेलामा बलि नहुने बताइएको छ ।  निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रामा टाढा–टाढाका भक्तजनहरु आउने गरेका छन् ।

नेपालका मात्रै नभएर भारतका विभिन्न ठाउँबाट समेत दर्शनार्थीहरु पुगेका  दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष सूर्यबहादुर बोहराले बताए । निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।  

यसैबीच निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रालाई शान्त र भव्य रुपमा सम्पन्न गर्नका लागि देहीमाण्डौं क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको थियो । पशु बलि सहितको  जात्रा भव्य रुपमा सम्पन्न भएको  वडा अध्यक्ष बोहराले  बताए । 

प्रकाशित मिति: सोमबार, असोज १७, २०७९  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update