Sagun Khabar
बैतडीः पाटन स्थित उदयदेव मन्दिर परिसरमा देउडा प्रतियोगिता

बैतडी- बैतडीको पाटनस्थित प्रसिद्ध सिद्धनाथ –उदयदेव मन्दिर परिसरमा देउडा प्रतियोगिता शुरु भएको छ । पाटन नगरपालिकाको आर्थिक सहयोग र  प्रतिष्ठित धामी समूहको  आयोजनामा  देउडा  कार्यक्रम शुरु भएको पाटन नगरपालिका उपमेयर कमल  सिंह बोहराले  बताए ।

उत्कृष्ट प्रतियोगिलाई  पुरस्कृत गरिने उनले बताए  । प्रसिद्ध ‘मैतडकी जात’ नहुने भएपछि देउडा कार्यक्रम राखिएको उपमेयर बोहराले  बताए ।  उदयदेव मन्दिर परिसरमा देउडा कार्यक्रम शुरु भएको पत्रकार बसन्त विष्टले बताए

 मन्दिरका मुख्य पूजारीका जेठा छोराको निधन भएकाले पूजा गर्न नमिल्ने हुँदा मन्दिरमा जात्रा नहुने सिद्धनाथ–उदयदेव धार्मिक सेवा समितिका सचिव भानदेव भट्टले बताए । सिद्धनाथ –उदयदेव मन्दिरमा घटनास्थपनादेखि मुख्य पूजा हुने भएपनि पूजारीको घरमा जुठो परेकाले यो बर्ष मुख्य पूजा रोकिएको सिद्धनाथ –उदयदेव धार्मिक सेवा समितिका अध्यक्ष लालबहादुर चन्दले बताए ।

Atrya hospital

यो बर्ष मन्दिरमा जमरा राखिएको छैन् । मुख्य पूजारीको विकल्पमा रहेका अर्का पूजारी शिवदत्त जोशी पनि अस्वस्थ रहेका र उनले पूजा गर्न नसकिने बताएपछि ‘मैतडकी जात’ रोकिएको अध्यक्ष चन्दले बताए ।

दशैंको घटस्थापनादेखि पूजा शुरु हुने सो मन्दिरमा महानवमीका दिन राँगाको बलि सहित जात्रा हुने गरेको थियो । यो बर्ष मुख्य पूजा र राँगाको बलि रोकिएको समितिले जनाएको छ । देउडा कार्यक्रम भोलि सम्पन्न हुने  बताइएको  छ । 

प्रकाशित मिति: सोमबार, असोज १७, २०७९  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update