Sagun Khabar
बैतडीको पाटन स्थित उदयदेव मन्दिरमा सञ्चालीत  देउडा कार्यक्रम सम्पन्न 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी- बैतडीको पाटनस्थित प्रसिद्ध सिद्धनाथ –उदयदेव मन्दिरमा देउडा कार्यक्रम सम्पन्न भएको  छ । पाटन नगरपालिकाको आर्थिक सहयोग र प्रतिष्ठित धामी समूहको आयोजनामा हिजो  बाट सञ्चालन भएको  देउडा  कार्यक्रम आज सम्पन्न भएको हो  ।

देउडा कार्यक्रममा १४ जना देउडियाको सहभागिता रहेको थियो । सहभागि सबै देउडियाहरुलाई नगद सहित प्रमाणपत्र  र मायाको  चिनो प्रदान गरिएको आयोजकले जनाएको छ ।  उदयदेव मन्दिरमा घटनास्थपनादेखि मुख्य पूजा हुने भएपनि पूजारीको घरमा जुठो परेकाले यो बर्ष मुख्य पूजा रोकिएको हो । यो बर्ष मन्दिरमा जमरा राखिएको छैन् ।

 मुख्य पूजा रोकिएपछि यो वर्ष मन्दिर परिसरमा देउडा  कार्यक्रम राखिएको हो । देउडा कार्यक्रममा नगरपालिकाका प्रमुख गौरि सिंह रावल, लगायताका  अन्य  वडा अध्यक्षहरुले  सहभागि देउडियाहरुलाई  नगद सहित प्रमाणपत्र  र मायाको  चिनो प्रदान गरेको  बताइएको  छ । 

प्रकाशित मिति: मंगलबार, असोज १८, २०७९  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update