बैतडी- बैतडीको पञ्चेश्वरमा रहेको नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि सेवाग्राही हैरान भएका छन्। गाउँपालिकाको वडा नं १ सल्लामा रहेको नेपाल टेलिकमको टावरले विगत लामो समयदेखि काम गर्न छोडेपछि सेवाग्राही हैरान भएका हुन् ।
घाम लागेको दिन मात्रै काम गर्ने र बादल लागे टावर जाने गरेकाले समस्या भएको स्थानीय दिलीप चन्दले बताए । बादल लागेको र पानी परेको दिन टावरले काम नगर्ने भएपछि आफुहरु सञ्चार सेवाबाट बञ्चीत भएका उनले बताए ।
टावरले काम नगर्दा सूचनाआदानप्रदान गर्न समस्या भएको उनको भनाईछ । टावरमा आएको खराबीले नागरिकहरु सञ्चार सेवाबाट बञ्चीत भएकाले छिटोभन्दा छिटो समस्या समाधान गर्न सम्बन्धित निकायलाई स्थानीय चन्दले आग्रह गरेक छन् ।
बैतडीमा सोलार प्यालनलबाट सञ्चालित टावरले मौसममा खराबी आउँदा काम नगर्ने भएकाले समस्या हुने गरेको छ । बैतडीका धेरै टावरमा विद्युत आपूर्ति नहुदा पनि समस्या भएको छ ।
जिल्लाभरी नेपाल टेलिकमका अधिकाँश टावर सोलार प्यानलबाट चार्ज हुने टावर भएकाले बेला बेला समस्या आइरहन्छ । बिग्रिदा समयमै मर्मत नहुँदा नागरिकहरु समस्यामा पर्ने गरेका छन् ।




