Sagun Khabar
बैतडीः घरमा आगलागी  हुँदा  वृद्धा घाइते 

बैतडी- बैतडीमा आगलागी हुँदा एक जना घाइते भएका छन्  भने घर जलेर  नष्ट भएको  छ ।  जिल्लाको पुर्चौडी  नगरपालिका  वडा नं ८  डणपूरमा आगलागी  हुँदा घर जलेर नष्ट भएको छ भने वृद्धा घाइते भएकी हुन् ।  

बिहीबार   दिउँसो भान्साकोठाको चुलोमाथी सुकाउन राखेको दाउराबाट सल्किएको आगोले घर जलेर पूर्णरुपमा नष्ट भएको र  आगलागीबाट ८४ वर्षीया बृद्धा जयमती साउँद घाइते भएकी प्रहरीले  जनाएको  छ ।  

स्थानीयका अनुसार खाना बनाएर चुलोमाथी सुकाउन राखेको दाउराबाट आगो सल्किएको थियो । घाइते वृद्धाको  पिठ्यू, अनुहार, हात र खुट्टाका भागहरु आगोले जलेका बताइएको  छ । उनलाई उपचारका लागि धनगढी लगिदैछ । 
 

प्रकाशित मिति: बिहीबार, असोज २०, २०७९  १९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update