बैतडी- लगातारको वर्षाका कारण बैतडीका ग्रामीण सडकहरुमा सवारीसाधन सञ्चालनमा समस्या भएको छ । बुधबार रातीको वर्षाका कारण यहाँका ग्रामीण सडकमा गाडी सञ्चालन गर्न समस्या भएको हो ।
वर्षातका कारण ग्रामीण सडक खण्डमा गाडी सञ्चालनान समस्या भएको जिप चाल अनिल भट्टले बताए । वर्षाका कारण सडकखण्डहरु हिलाम्य भएर समस्या भएको उनले बताए । वर्षाका कारण बैतडी सहति सुदूर पहाडका कतिपय ग्रामीण सडकहरु अवरुद्ध भएका छन्।
प्रदेशका मुख्य राजमार्गहरु सञ्चालनमा भएपनि ग्रामीण सडकमा गाडी सञ्चालन गर्न समस्या भएको हो । बुधबार रातिदेखि परेको वर्षाका कारण सुदूर पहाडका ग्रामीण सडकमा सवारी साधन सञ्चालन हुन सकेका छैनन्। बैतडी, डडेल्धुरा, डोटी, अछाम, बाजुरा लगायत, बझाङ र दार्चुलाका ग्रामीण सडकहरु अवरुद्ध छन्।
सडक अवरुद्ध भएका कारण आवागमन रोकिएको छ । विशेष गरी दशैँको टीका लगाउनका लागि घर गएकाहरु कार्यक्षेत्रतिर फर्किन सकिरहेका छैनन् । वर्षातका कारण कर्मभुमी फर्किन नपाएको स्थानीय हरिश भट्टले बताए ।
दशैँकै दिनदेखि पानी पर्न थालेपछि टीका जमराका लागि गाउँ गएकाहरु उतै रोकिएका हुन । नागरिकहरुलाई यातायातको पहुँचमा पु¥याउन बैतडीका अधिकांश गाउँमा सम्म सडक जोडिएपनि सो सडहरुमा वर्षा भइरेकाले सवारीसाधान सञ्चालनमा कठिनाइ भएको छ ।




