Sagun Khabar
चुनावमा बैतडीका उम्मेदवारले कति रुपैयासम्म खर्च गर्न पाउँछन्  ?

बैतडी- आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा बैतडीका उम्मेदवारले ३३ लाख रुपैयासम्म खर्च गर्न पाउने भएका छन् । आयोगको निर्णयअनुसार प्रतिनिधि सभाका सदस्य उम्मेदवारले ३३ लाख र प्रदेश सभा सदस्य उम्मेदवारले २३ लाख रुपैयासम्म खर्च गर्न पाउने भएका हुन् ।

प्रदेशसभाका लागि दुई निर्वाचन क्षेत्र रहेको बैतडीमा प्रदेश ‘क’का उम्मदेवारले  २१ लाख र प्रदेश ‘ख’का उम्मेदवारले २३ लाख रुपैयासम्म खर्च गर्न पाउने निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव फुईयालले जानकारी दिए । 

निर्वाचन क्षेत्रको क्षेत्रफल, मतदाता सङ्ख्या र मतदान केन्द्रलाई आधार बनाएर चुनावको खर्चको हद निर्धारण गरिएको छ । आयोगले प्रतिनिधि सभामा बढीमा ३३ लाख र प्रदेश सभामा बढीमा २३ लाख रुपैयासम्म खर्च गर्न पाउने गरी सीमा निर्धारण गरेको छ ।

बैतडीमा १२९ ओटा मतदानस्थल र २०५ ओटा मतदान केन्द्र रहेका छन । बैतडीमा कुल मतदाताको संख्या १ लाख ५० हजार  १ सय ५६ रहेको  छ ।  

प्रकाशित मिति: शनिबार, असोज २२, २०७९  ०९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update