Sagun Khabar
संघ र प्रदेश निर्वाचनको उम्मेदवारी दर्ताका लागि  बैतडीमा समय निर्धारण

बैतडी- मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको उम्मेदवारी दर्ताका बैतडीमा  समय निर्धारण गरिएको छ । सर्वदलीय राजनीतिक छलफलबाट उम्मेदवारी दर्ताका लागि सयम निर्धारण गरिएको  बैतडीका सहायक निर्वाचन अधिकृत तिर्थराज अर्चायले जानकारी दिए ।

उनका  अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीले ११ बजे देखि १२ बजे सम्म, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले  १२ बजे देखि १ बजे सम्म, नेकपा एमाले र  एकीकृत समाजवादीका लागि  १ बजे देखि २ बजे सम्मको समय निर्धारण गरिएको  छ । 

यस्तै  नेपाली काँग्रेसको ३ बजे, नेकपा माओवादी केन्द्रका लागि ४ बजे र  जनता समाजवादी पार्टीका लागि साढे ४ बजेको समय तोकिएको सहायक निर्वाचन अधिकृत अर्चायले  बताए । यस्तै स्वतन्त्रको हकमा समय नर्धारण नगरिएको र स्वतन्त्रले १० देखि ५ बजे सम्म उम्मेदवारी दर्ता गर्न सक्ने उनको भनाई । 

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बैतडीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना यसअघि नै भइसकेको  छ । यहि असोज १६ गते  जिल्ला अदालत भित्रै मुख्य निर्वाचन अधिकृत कार्यालय स्थापना गरिएको थियो । असोज २३ गते आइतबार  प्रत्यक्ष तर्फको मनोनयन दर्ता गर्ने मिति तय भएकाले मनोनयन दर्ता गर्न आग्रह गरिएको  छ ।

प्रकाशित मिति: शनिबार, असोज २२, २०७९  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update