बैतडी- लगातारको वर्षाका कारण बैतडी लगायत सुदूरपश्चिममा जनजीवन प्रभावित भएको छ । बुधबार राती देखिको लगातारको पानीले बैतडी सहित सुदूरपश्चिमप्रदेशमा जनजीवन प्रभावित भएको हो ।
लगातारको पानीका कारण यहाँका नागरिकहरुले दैनिक काम काज ठप्प भएका बताएका छन् । पानीका कारण खेतमा भित्राउन तयार भएको धान भित्राउन नपाएको र खरफागलामा काटेको खर कुहिन थालेको किसानहरुको दुखेसो छ ।
पानीले काटेको खर कुहिन थालेपछि यहाँका नागरिकहरु चिन्तीत भएका छन् । कुनै ठाउँका किसान काटेको खर कुहिन थालेपछि चिन्तीत छन भने कुनै ठाउँका किसानले खर काट्न नपाउँदा समसय भएको बताएका छन् ।
यस्तै पानीकै कारण ग्रामीण क्षेत्रको सञ्चार सम्पर्कविच्छेद भएको छ । सोलार प्यानलबाट सञ्चालित कतिपय नेपाल टेलिकमका टावरले काम गर्न छाडेपछि नागरिकहरु सञ्चार सेवाबाट बञ्चीत भएका हुन् ।
टावरले काम नगर्दा समस्या भएको स्थानीय हेमन्त भट्टले बताए । यस्तै ग्रामीण सडक पानीले हिलाम्य हुँदा आवागमन पनि रोकिएको छ । बुधवार रातिदेखि बैतडी लगायत सुदूरपश्चिममा लगातार पानी परि रहेको हो ।
निरन्तरको पानीले घरायसि कामकाज गर्न पनि समस्या भएको सुर्नया ३ का धौल सिंह धामीले बताए । अझै दुइ तीन दिन पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशका विभिन्न भू–भागहरूमा अहिले पनि वर्षा भइहरेको छ । निरन्तर वर्षा भइरहेकाले बाढी र पहिरोको सम्भावान पनि भएकाले सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ ।
पानीका कारण बाढी र पहिरोको पनि उत्तिकै जोखिम भएकाले सबैलाई सुरक्षित बस्न पनि भनिएको छ ।




