Sagun Khabar
बैतडीः महाकालीमा वहाव बढ्ने अनुमान, सतर्कता अपनाउन आग्रह

बैतडी- बैतडी सहित  सुदूरपश्चिम प्रदेशमा पर्ने महाकाली  र  कर्णाली नदीहरुमा पानीको वहाव बढ्ने भन्दै सर्तकता अपनाउन आग्रह गरिएको छ । 

आज शनिवार र भोलि आइतवार कर्णाली, महाकाली र यसका सहायक नदीलगायत कर्णाली र सुदूरपश्चिम भइ बग्ने साना नदीमा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको हो । लगातारको  वर्षाले  महाकालीमा पानीको बहाव बढ्ने अनुमान छ । 

बाढी पूर्वानुमान महाशाखाले नदीहरूको वहाव बढ्ने जनाएकाले तटीय क्षेत्रका नागरिकहरुलाइ सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालय  बैतडीले  आग्रह गरेको  छ । सुदूरपश्चिमको बैतडी, दार्चुला, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ कैलाली र कञ्चनपुर  जिल्लामा  जोखिम रहेको  बताइएको  छ ।

यस्तै बाँके, बर्दिया, ताप्लेजुङ, सङ्खुवासभा, इलाम, झापा, मोरङ, सुनसरी, दाङ, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, मुगु र हुम्लामा पनि आकस्मिक बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन भनिएको छ ।

नदीहरूका तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित मिति: शनिबार, असोज २२, २०७९  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update