Sagun Khabar
वर्षाले बैतडीमा विद्यालयको भवन भत्कियो 

बैतडी- बैतडीमा वर्षाका कारण एक विद्यालयको भवन भत्किएको छ । लगातारको वर्षाका कारण जिल्लाको पाटन नगरपालिका वडा नं ३ बुङडा स्थित सिगास आधारभूत विद्यालयको तीन कोठे भवन भत्केको हो ।

प्रधानाध्यापक सुरेन्द्र विष्टका अनुसार तीन  कोठे भवन भत्किएको छ । भने  एक कोठे भवन भत्किने अवस्थामा रहेको छ । कक्षा पाँच सम्म पढाइ हुने सिगास आधारभूत विद्यालयका जीर्ण अवस्थामा रहेका पुराना भवन केहि दिन देखिको लगातारको वर्षाले भत्किएका हुन् । अहिले विद्यालय बन्दरहेका छन् ।

समयमै भत्केका भवन मर्मत नभए  विद्यालय सञ्चालन पछि पठनपाठनमा समस्या हुने देखिएको छ । बैतडीमा बुधबार  राती  देखि  लगातार वर्षा भइरहेको छ । 

प्रकाशित मिति: शनिबार, असोज २२, २०७९  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update