सुदूरपश्चिमका मुख्य दुई राजमार्ग पहिरोका कारण अवरुद्ध
बैतडी - सुदूरपश्चिमका मुख्य दुई राजमार्ग पहिरोका कारण अवरुद्ध भएका छन्। डडेल्धुरामा भीमदत्त राजमार्ग र केआईसिँह राजमार्ग अवरुद्ध भएका हुन्।
लगातारको वर्षाका कारण सुदूरपहाडका राजमार्ग तथा ग्रामिण सडकहरु अवरुद्ध भएका छन्। प्रदेशका पहाडी जिल्लाहरुमा वर्षाका कारण टेलिफोन र विद्युत सेवासमेत अवरुद्ध हुँदै आएको छ।
प्रकाशित मिति: आइतबार, असोज २३, २०७९ ०८:४३
प्रतिक्रिया दिनुहोस्




