बैतडी- बैतडीमा खेती योग्य जमिन बाढीले बगाएको छ । लगातारको वर्षाले जिल्लाको सिगास गाउँपालिका वडा नं ७ साङडामा रहेको २५ रोपनि जमिन बाढीले बगाएको हो ।
लगातारको वर्षाका कारण आएको बाढीले २५ रोपनी खेत बगाएको स्थानीय भिम बहादुर चन्दले जानकारी दिए । उनका अनुसार न्वाघरी गाडमा आएको बाढीले साङ्डाका जस्बिर साउँद, चक्र सिंह साउँद, बिरुवा साउँदको करिब २५ रोपनी खेत बगाएको हो ।.
काटेर भित्र्याउन ठिक्क पारेको धान सहित बाढीले खेत बगाउँदा किसान चिन्ती भएका छन् । भित्राउन तयार भएको धान बाढीले बगाएपछि त्यहाँका किसान चिन्ती बनेका हुन् । धान खेती योग्य जमीन नै बाढीले बगाएपछि समस्या भएको किसान चक्र सिंह साउँदले बताए ।
बैतडी जिल्लामा गत बुधबार राती देखि लगातार पानी परिरहेको छ । जसका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ ।




