Sagun Khabar
प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आजः बैतडीमा दलहरुका लागि छुट्टा छुट्टै समय

बैतडी- मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आज प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुँदैछ । बैतडीमा पनि प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आज प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता  भइरहेको  हो ।

मुख्य निर्वाचन अधिकृत  कार्यालय गढीमा  बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने जिल्ला निर्वाचन कार्यालय बैतडीका सहायक निर्वाचन अधिकृत तिर्थ राज अर्चायले  जानकारी दिए । मनोनयन दर्ता गर्न   दलहरुका लागि छुट्टा छुट्टै  सयम निर्धारण गरिएको उनले बताए ।

बैतडीमा मनोनयन दर्ताका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले ११ बजे देखि १२ बजे सम्म, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले  १२ बजे देखि १ बजे सम्म, नेकपा एमाले र  एकीकृत समाजवादीका लागि १ बजे देखि २ बजे सम्मको समय निर्धारण गरिएको  छ ।

यस्तै  नेपाली काँग्रेसको ३ बजे, नेकपा माओवादी केन्द्रका लागि ४ बजे र  जनता समाजवादी पार्टीका लागि साढे ४ बजेको समय तोकिएको सहायक निर्वाचन अधिकृत अर्चायले  बताए । यस्तै स्वतन्त्रको हकमा समय नर्धारण नगरिएको र स्वतन्त्रले १० देखि ५ बजे सम्म उम्मेदवारी दर्ता गर्न सक्ने उनको भनाई छ  ।

आयोगले तोकिएको समयभित्रै उम्मेदवारी दर्ता गर्न दल तथा उम्मेदवारलाई आग्रह पनि गरेको छ ।

प्रकाशित मिति: आइतबार, असोज २३, २०७९  १०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update