बैतडी- बैतडीमा सत्तागठबन्धनका उम्मेदवारको टुंगो लागेको छ । जिल्लामा गठबन्धनका साझा उम्मेदवारको टुंगो लगोको हो ।
गठबन्धनबाट प्रतिनिधि सभा सदस्यको टिकट नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज नरेन्द्र कुवँर (बिजयीसुन्दर) ले पाएका थिए भने अहिले प्रदेशसभा सदस्यहरुमा नेपाली काँग्रेसका बिरबहादुर विष्ट र शिब राज भट्टले टिकट पाएका छन् ।
नेपाली काँग्रेसका जिल्ला उपसभापति एवं सुर्नया गाउँपालिकाका पूर्व अध्यक्ष समेत रहेका बिर बहादुर विष्टले प्रदेश सभा क्षेत्र नम्बर ‘क’ को टिक पाएका छन् । यस्तै नेपाली काँग्रेस बैतडी पूर्व पार्टी सभापति शिब राज भट्ट प्रदेश सभा क्षेत्र नम्बर ‘ख’ मा उम्मेदवार चुनिएका छन् ।
यो संगै सत्तागठबन्धन पनि बैतडीमा साझा उम्मेदवारका साथ चुनावी मैदानमा उत्रिएको छ । धेरै अकांक्षी भएर उम्मेदवार छनोटमा केहि बिलम्ब भएपनि अन्तीम आवरमा सहमति भएको र विजयी गराउन अब सबै लागि पर्ने गठबन्धन भित्रका एक नेताले बताए ।
सत्तागठबन्धनको उम्मेदवारलाई जिताउने ढंगले चुनावी प्रचारप्रशारमा खटिने तयारी भइरहेको उनको भनाई थियो । संघको टिकटमा अडान लिएको नेपाली काँग्रेस बैतडीले प्रदेशसभाका दुइओटै निर्वाचन क्षेत्र पाएको छ भने कुनै एक क्षेत्र नपाए गठबन्धनलाइ हराउन सकिने चेतावनी दिइरहेको गठबन्धन भित्रकै नेकपा एकीकृत समाजवादीले भने कुनै सिट पाएको छैन ।
उम्मेदवार टुंगो लागि सकेकोले आज मनोनय दर्ता हुने बताइएको छ । जिल्ला निर्वाचन कार्यालय बैतडीले आइतबार मनोनयन दर्ताका लागि आग्रह गरेको छ।




