पहिरोले अवरुद्ध सुदूरपश्चिमका राजमार्ग सुचारु
बैतडी- पहिरोले अवरुद्ध सुदूरपश्चिमका मुख्य राजमार्ग सुचारु भएका छन् । पहिरोले अवरुद्ध डडेल्धुरामा भीमदत्त राजमार्ग र केआईसिँह राजमार्ग पहिरो हटाइए पछि सुचारु भएका हुन् ।
डडेल्धुराको साहुखर्क र रडुवाको पहिरो हटाइएको छ। पहिरोले अवरुद्ध भएका सुदूरपश्चिमका मुख्य दुई राजमार्ग सञ्चालनमा आएका हुन्। अत्तरिया–डडेल्धुरा जोड्ने भीमदत्त राजमार्ग र डडेल्धुरा–डोटी जोड्ने डाकेआईसिंह राजमार्ग सञ्चालनमा आएका हुन्।
यस्तै डडेल्धुरा–बैतडी जोड्ने दशरथ चन्द राजमार्गको अनारखोली क्षेत्रमा खसेको पहिरो पनि हटाईको छ। सडक सुचारु भएपछि यात्रु आफ्नो गन्तव्यमा लागेका छन् । लगातारको वर्षाका कारण सुदूरपहाडका ग्रामिण सडकहरु अवरुद्ध छन्।
प्रकाशित मिति: आइतबार, असोज २३, २०७९ १०:१८
प्रतिक्रिया दिनुहोस्




