Sagun Khabar
हरिमोहन भण्डारीले गरे बैतडीको ‘क’ बाट स्वतन्त्र उम्मेदवारी दर्ता 

बैतडी- नेपाली काँग्रेसका नेता हरीमोहन भण्डारीले स्वतन्त्र उम्मेदवारी  दर्ता  गरेका छन् । टिकट वितरणको  विषयमा असन्तुष्ट रहेका नेता भण्डारीले आज मुख्य  निर्वाचन अधिकृतको कार्यालयमा  पुगेर  बैतडीको प्रदेश सभा  क्षेत्र नं‘क’ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् ।

टिकटको लागि संघर्ष गरिरहेका नेपाली कांग्रेसका महासमिति सदस्य  समेत रहेका भण्डारीले टिकट नमिले पछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।२०७४सालको चुनावमा  उनि बामगठबन्धनका उम्मेदवार प्रेम प्रकाश भट्ट आदित्य  संग झिनो मतान्त्ररले पराजित भएका थिए ।

नेपाली काँग्रेसले प्रदेशसभा क्षेत्र नम्बर ‘क’ मा जिल्ला पार्टी  उपसभापति बिर बहादुर विष्टलाई  टिकट दिएको छ  भने प्रदेश सभा ‘ख’ मा पूर्व  जिल्ला पार्टी  सभापति शिव राज भट्टलाई  टिकट  दिएको  छ । 
 

प्रकाशित मिति: आइतबार, असोज २३, २०७९  १३:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update