बैतडीमा एमालेका उम्मेदवारले गरे मनोनयन दर्ता
बैतडी- बैतडीमा नेकपा एमालेका उम्मेदवाहरुले मनोनयन दर्ता गराएका छन् । एमाले प्रदेश कमिटि अध्यक्ष एवं पूर्व सांसद दामोदर भण्डारीले मनोनयन दर्ता गरेका छन भने प्रदेश सभाका क्षेत्र नं क मा एमाले जिल्ला कमिटि अध्यक्ष सुरेन्द्र पाल र क्षेत्र नम्बर ख बाट पूर्व प्रदेश सांसद लिलाधर भट्टले उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रतिनिधि सभाका लागि एकमात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा एमालेबाट भण्डारीले मनोनयन दर्ता गराएका छन्।
गएको चुनावमा उनले ३९५२४ मत ल्याएर वाम गठबन्धनबाट निर्वाचन जितेका थिए। त्यसबेला उनका प्रतिद्वन्द्वी कांग्रेसका नरबहादुर चन्दले २८२९१ मत पाएका थिए ।
प्रकाशित मिति: आइतबार, असोज २३, २०७९ १९:०२
प्रतिक्रिया दिनुहोस्




