Sagun Khabar
बैतडीमा सत्ता गठबन्धनका उम्मेदवारले  गरे मनोनयन दर्ता 

बैतडी-बैतडीमा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन्। प्रतिनिधि सभामा माओवादी  केन्द्रका नरेन्द्र  बहादुर कुवँर  विजयीसुन्दरले  मनोनयन दर्ता  गरेका छन्  भने   प्रदेशसभा क मा  काँग्रेसका  बिर बहादुर  विष्ट र  ख मा नेपाली काँग्रेसकै शिवराज भट्टले मनोनय दर्ता गरेका हुन् ।

आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेपाली कांग्रेसका बिरबहादुर विष्टको मदनमोहन विष्ट र शिवराज भट्टको महेश भट्टले वारिसनामा मनोनयन दर्ता गराएका हुन् । गठबन्धन दलबाट  प्रदेश सभामा नेपाली कांगे्रेसले  छनोट गरेका  उम्मेदवार  काठमाण्डौँमै भएकाले  उनिहरुको वारिसनामा उम्मेदवारी दर्ता गरिएको हो । 

प्रकाशित मिति: आइतबार, असोज २३, २०७९  १९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update