Sagun Khabar
बैतडीमा संघका लागि  चार जना स्वतन्त्र सहित १२ जनाको उम्मेदवारी,प्रदेश सभामा कती ?

बैतडी-बैतडीमा  संघका लागि  चार  स्वतन्त्र सहित १२ जनाले  उम्मेदवारी दर्ता गरेका छन्।  दल र स्वतन्त्र गरी प्रतिनिधिसभा सदस्यका  लागि जिल्लामा  १२ जनाले  उम्मेदवारी  दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले  जनाएको छ । 

प्रतिनिधिसभा सदस्य पदका लागि नेकपा एमालेबाट दामोदर भण्डारी, गठबन्धनबाट  नेकपा माओवादी केन्द्रका नरेन्द्र कुंवर विजयसुन्दर, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट देब बहादुर चन्द, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाशचन्द्र भट्ट, जनता समाजवादी पार्टी नेपालबाट आनसिंह भण्डारी, नेपाल मजदुर किशान पार्टीबाट कृष्णप्रसाद गोसाई, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट हिक्मतबहादुर चन्द र नेश्नलिष्ट पिपुल्स पार्टीबाट कृष्णबहादुर चन्दले उम्मेदवारी दर्ता गराएका छन् । 

४ जनाको  स्वतन्त्र उम्मेदवारी
 जिल्लामा  ४ जनाले  संघका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्वतन्त्र बाट नेकपा एकीकृत समाजवादी पार्टीका नेता प्रमानन्द भट्ट, नेपाली कांगे्रसका नेता केशब बहादुर चन्दले उम्मेदवारी दर्ता गराएका छन् ।

स्वतन्त्रबाटै मानसिंह विष्ट र त्रिलोक बहादुर चन्दले पनि उम्मेदवारी दर्ता गराएका हुन् ।  

प्रदेशमा यस्तो  छ । 

प्रदेशसभा क तर्फ नेकपा एमालेका सुरेन्द्र पालको उम्मेदवारी परेको छ भने, सत्ता गठबन्धनबाट कांग्रेसका बीर बहादुर बिष्टले उम्मेदवारी दिएका छन् । राप्रपाका रण बहादुर बिष्ट, नेकपा एकिकृत समाजवादीका नरेन्द्र बिष्ट तथा राप्रपा नेपालका कृष्ण बहादुर चन्दले उम्मेदवारी दिएका छन् । यसैगरी कांग्रेस नेता हरी मोहन भण्डारीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकाछन् ।  

प्रदेशसभा ख तर्फ एमालेका लिलाधर भट्टको उम्मेदवारी परेको छ भने, गठबन्धनबाट कांग्रेसका शिवराज भट्टको उम्मेदवारी दर्ता भएको छ ।राप्रपाका तारा दत्त जाेशी, राप्रपा नेपालका प्रेम बहादुर चन्दले उम्मेदवारी दिँदा स्वतन्त्र हिरोती चन्दको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  ०८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update