बैतडी –लगातारको वर्षाका कारण आएको पहिरोले बैतडीमा दुइ घर भत्किएका छन् । जिल्लाको सुर्नया गाउँपालिका वडा नं ७ बान्नी टोल गताडका राम बहादुर कुँवर र हर्क बहादुर कुँवरका छ÷छ कोठे घर भत्किएका स्थानीय लोक बहादुर कुँवरले जानकारी दिए ।
लगातारको वर्षाका कारण घर माथिबाट खसेको पहिरोले घर भत्किएका उनले बताए । आइतबार साँझ खसेको पहिरोले मानवीय क्षति नभए पनि घरभित्र बसेका दुई जना महिलालाई समान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।
यस्तै पत्थरले छाएका घर भत्किदा गेठमा बाँधेका पशुचौपाया घाइते भएका बताइएको छ । पहिरोले घर भत्किदा गोठमा बाँधेका दुई भैंसी, दुई गाई र १० बाख्रा पनि घाइते भएका जनाइएको छ । पहिरोले घर भत्किएर विस्थापित परिवार आफन्तको आश्रयमा बसेका छन ।




