बैतडीको सिगासमा पहिरोले घर भत्काउँदा धामी परिवार समस्यामा
बैतडी –लगातारको बर्षाका कारण खसेको पहिरोले बैतडीको सिगास गाउँपालिकामा दुई घरमा क्षति पुर्याएको छ । सिगास गाउँपालिका वडा नं ५ हरडाखानीका रामसिंह धामी र प्रेमसिंह धामीको घरमा पहिरोले क्षति पुर्याएको स्थानीय पदम साउँदले जानकारी दिए ।
आइतबार खसेको पहिरोले दुवै जनाको घर पूर्ण रुपमा नष्ट भएको उनले बताए । घरपरिवारका सदस्यहरु अर्को घरमा भएकाले मानवीय क्षति भने हुन नपाएको साउँदले बताए । पहिरोले घर भत्काएपछि अहिले धामी परिवार समस्यामा परेको बताइएको छ । लगातारको बर्षाका कारण कैयौं घरहरु पहिरोको उच्च जोखिममा रहेका छन् ।
प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९ १०:४५
प्रतिक्रिया दिनुहोस्




