Sagun Khabar
बैतडीमा एस नेता  भट्टद्वारा  उम्मेदवारी फिर्ता, गठबन्धनलाई  सघाउँने  

बैतडी- बैतडीमा प्रतिनिधि सभा  सदस्यका लागि  उम्मेदवारी  दिएका  चार  जना स्वततन्त्र उम्मेदवार  मध्ये १ जनाले  मात्रै उम्मेदवारी  फिर्ता  लिएका  छन् । नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य तथा बैतडी जिल्ला इन्चार्ज समेत रहेका  नेता परमानन्द भट्टले उम्मेदवारी फिर्ता लिएका हुन् । उनले आज दिउँसो १ बजे उम्मेदवारी फिर्ता लिएका हुन् ।

उम्मेदवारी  फिर्ता  लिएका  एस नेता भट्टले आफुले उम्मेदवारी फिर्ता लिएको  र गठबन्धनलाई सघाउँने बताएका छन् । बैतडीका सहायक निर्वाचन अधिकृत तिर्थ  राज अर्चायका अनुसार प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका ४ जना मध्ये तीन जनाले उम्मेदवारी फिर्ता लिएका छैन्न  । 

नेपाली काँग्रेसका नेता केशब बहादुर चन्द, मानसिंह विष्ट र त्रिलोक बहादुर चन्दले  उम्मेदवारी फिर्ता नलिएका बताइएको छ । यस्तै प्रदेश सभा क्षेत्र क बाट उम्मेदवारी दिएका काँग्रेस  नेता हरिमोन भण्डारीले  पनि  उम्मेदवारी  फिर्ता  लिएका छैनन् । आजै  उम्मेदवारको अन्तिम मतदाता नामावली प्रकाशन गरिने र दिउँसो ४ बजेदेखि साँझ सात बजे सम्म उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको सहायक निर्वाचन अधिकृत अर्चायले बताए  ।  

बैतडीमा संघीय संसदका लागि स्वतनत्र सहित  १२ जनाले उम्मेदवारी दर्ता गराएका थिए भने  प्रदेश सभा सदस्यका लागि क्षेत्र नं (क) बाट एक स्वतनत्र सहित  ६ जना र (ख)बाट ५ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।  अब बैतडीमा ११ जना प्रतिनिधि सभा सदस्यका लागि  चुनाव लड्ने  छन्  भने   प्रदेश सभा सदस्यका लागि क्षेत्र नं (क) बाट एक स्वतनत्र सहित  ६ जना र (ख)बाट ५ जनाले चुनाव लड्ने  भएका हुन् ।

प्रकाशित मिति: बुधबार, असोज २६, २०७९  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update