Sagun Khabar
बैतडीको पाटन नगरपालिका भित्र घर निर्माण गर्दा नक्सा पास अनिवार्य 

बैतडी- बैतडीको पाटन नगरपालिका भित्र घर निर्माण गर्दा नक्सा पास अनिवार्य गरिएको छ । बुधबार   नगरपालिकाले एक सूचना जारी गर्दै घर निर्माण गर्दा अनिवार्य नक्सा पास गर्नु पर्ने जनाएको हो ।

यस्तै यस अघि नक्सा पास नगरी घर निर्माण गरेका घरधनीहरुलाई पनि प्रक्रियामा आउन ३५ दिनको  समय तोकिएको   छ।    पाटन नगरपालिका क्षेत्रभित्र  अब निर्माण गरिने सम्पूर्ण सरकारी, गैह्रसरकारी तथा निजि भवनहरु स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम नक्सा पासगरी अनुमती लिएर मात्रै निर्माण गर्न सूचना मार्फत भनिएको हो ।

घरधनीहरूलाई भविष्यमा सजिलो होस् भनेर  घर नक्सा पास अनिवार्य गरिएको नगरपालिकाले  जनाएको  छ । 

प्रकाशित मिति: बुधबार, असोज २६, २०७९  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update