बैतडी- बैतडीमा उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरएको छ । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरुलाई निर्वाचन कार्यालय बैतडीले बुधबार चुनाव चिन्ह प्रदान गरेको हो ।
निर्वाचन कार्यतालिका अनुसार बुधबार उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिएको निर्वाचन कार्यालय बैतडीले जनाएको छ । राजनितिक दलका उम्मेदवारहरुलाई पार्टीकै चुनाव चिन्ह प्रदान गरिएको छ भने स्वतन्त्र उम्मेदवारहरुले फरक फरक चुनाव चिन्ह पाएका हुन् ।
प्रतिनिधि सभाका उम्मेदवार गठबन्धनका साझा उम्मेदवार नरेन्द्र कुवँर बिजयसुन्दरले गोलाकार भित्रको हसिया हतौडा, नेकपा एमालेका दामोदर भण्डरीले सुर्य, राष्ट्रिय प्रजातन्त्र पाटीका देव बहादुर चन्दले हलो, नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उम्मेदवार हिकमत बहादुर चन्दले चुनाव चिन्ह तीरपाएका छन् । यस्तै जनता समाजवादी पार्टीका आन सिंह भण्डारीले ढल्केको छाता, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार कृष्ण प्रशाद गोसाँईले मादल, पिपुल्स पार्टीका कृष्ण बहादुर चन्दले लाटो केसेरो, र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाशचन्द्र भट्टले गोलाकारभीत्रको घण्टी चुनाव चिन्ह प्राप्त गरेका हुन् ।
यसैगरी प्रदेशसभा क्षेत्र नं क मा काँग्रेसका बीर बहादुर बिष्टले रुख, नेकपा एमालेका सुरेन्द्र पालले सूर्य, नेकपा एसका नरेन्द्र बहादुर बिष्टले कलम, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालकी कृष्णा पन्तले तीर र राष्ट्रिय प्रजातन्त्र पार्टीका रण बहादुर बिष्टले हलो चुनाव चिन्ह पाएका हुन् ।
यसैगरी प्रदेश सभा क्षेत्र नं ख नेपाली काँग्रेसका शिवराज भट्टले रुख, नेकपा एमालेका लिलाधर भट्टले सूर्य, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार नारायणदत्त जोशीले हलो, नागरिक उन्मुक्तीपार्टीकी रेवती बोहराले पीध भएको साधा ढकिया र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रेम बहादुर चन्दले चुनाव चिन्ह तीर प्राप्त गरेका छन् ।
बैतडीमा स्वतन्त्र उम्मेदवारका चुनाव चिन्ह क्रस खकुरी देखि पानीका धारा सम्म
बैतडीमा स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरुले चुनाव चिन्ह पाएका छन् । बुधबार निर्वाचन कार्यालय बैतडीले उनिहरुलाई चुनाव चिन्ह प्रदान गरेको हो ।
काँग्रेसले टिकट नदिएपछि प्रतिनिधि सभा सदस्यमा स्वतन्त्रबाट चुानव लडिरहेका केशब बहादुर चन्दले चुनाव चिन्ह पुतली पाएका छन् । यस्तै प्रतिनिधि सभा सदस्यमा स्वतन्त्रबाट चुनाव लडिरहेका त्रिलोक बहादुर चन्दले क्रस खुकुरी, मान सिंह बिष्टले सूर्यमुखी फूल चिन्ह प्राप्त गरेका छन् । यस्तै काँग्रेसबाटै बिद्रोह गरेर प्रदेश सभा क मा स्वतन्त्र उम्मेदवार रहेका हरिमोहन भण्डारीले चुनाव चिन्ह पानीको धारा पाएका छन् ।




