Sagun Khabar
बैतडीमा कांग्रेसका ‘बागी’ उम्मेदवार चन्दले पाए ‘पुतली’, भण्डारीलाई पानीको धारा 

बैतडी –बैतडीमा प्रतिनिधि सभा सदस्यका लागि  स्वतन्त्र उम्मेदवारी दिएका केशवबहादुर  चन्दले चुनाव चिन्ह पुतली पाएका छन् । गठबन्धन अन्तर्गत संघको टिकट माओवादीको भागमा परेपछि बागी उम्मेदवारी दिएका चन्दले पुतली चुनाव चिन्ह पाएका हुन् । 

नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका चन्दले पार्टीको निर्णयलाई बेवास्ता गर्दै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले निवाचन कार्यतालिका अनुसार आज उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेको हो । 

यस्तै प्रतिनिधि सभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका त्रिलोकबहादुर चन्दले क्रस खुकुरी, मानसिंह बिष्टले सूर्यमुखी फूल चिन्ह प्राप्त गरेका छन् । 

यस्तै कांग्रेसका आधिकारिक उम्मेदवार विरुद्ध ‘बागी’उठेका हरिमोहन भण्डारीले चुनाव चिन्ह पानीको धारा पाएका छन् । प्रदेश सभा सदस्य पदका लागि बैतडी क्षेत्र नं.(क)बाट उम्मेदवारी दिएका भण्डारीले कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् । 

यो क्षेत्रमा कांग्रेसबाट पार्टी उपसभापति बीरबहादुर बिष्टले टिकट पाएका छन् । पार्टीको आधिकारिक उम्मेदवारको रुपमा बिष्ट चुनावी मैदानमा रहेपनि भण्डारीले पार्टीको निर्णय लत्याउँदै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । 
 

प्रकाशित मिति: बुधबार, असोज २६, २०७९  १८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update