Sagun Khabar
बैतडीमा चक्कु प्रहारबाट एकजना घाइते 
सांकेतिक तस्बिर

बैतडी–बैतडीमा चक्कु प्रहारबाट एकजना घाइते भएका छन् । जिल्लाको शिवनाथ गाउँपालिका २ शर्मालीमा स्थानीय व्यापारी लालसिंह साउँदलाई शिवनाथको मडै गाउँका पारश मडैले बिहीबार चक्कु प्रहार गरी घाइते बनाएका प्रहरीले जनाएको छ । 

चक्कु प्रहारबाट साउँदको पिठ्युमा घाउ भएको र उनको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । चक्कु प्रहार गर्ने मडैलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु भएको उनले बताए । 

दुवै जनाबीच मदिरा सेवन गरीरहेको अवस्थामा झगडा हुँदा घटना भएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update